२०७७ मंसिर २३, मंगलवार १५:१५

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सार्वजनिक भएको छ। नेपाल र चीनले काठमाडौंमा मंगलबार एक कार्यक्रमका बीच एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् ।

यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाई अहिले ८ हजार ८ सय ४८.८६ मिटर पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ। नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।

मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गिरिएको हो ।

Comment

Related News

Latest News

Trending News