अपडेट 
२०७७ मंसिर २३, मंगलवार १६:४२

नेपालमा मंगलबार थप एक हजार ३८२ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रमममा थप १ हजार ३८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म १६ सय ३७ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ सय २१ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख २९ हजार ५४ जना निको भएका छन् ।

हाल आइशोलेशनमा १२ हजार ६८६ जना रहेका छन् भने ५२३ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News