केही दिन पहिले एउटा अन्तर्राष्ट्रिय संस्थाले नेपालका भ्रष्टाचार मौलाएको भनेर रिपोर्ट सार्वजनिक ग¥यो । उक्त रिपोर्टलाई नेपाल सरकारले अस्वीकार ग¥यो ।
नेपालमा भ्रष्टाचारै भ्रष्टाचार हो त ? के नेपालमा भ्रष्टाचार छँदै छैन त ?
यी दुई प्रश्नसँगै अन्य दुई प्रश्न पनि छन् । कसले भ्रष्टाचार गरेको छ ? कसले भ्रष्टाचार गरेको छैन ? भ्रष्टाचार भन्ने बित्तिकै सिधै आर्थिक रुपमा चलखेल गरी नियम विपरीत सम्पत्ति कमाएको भन्ने सामान्य बुझाइ बन्दै गएको छ । सिधै कसैको सम्पत्ति देखेर उसले अरु केही नगरेर भ्रष्टाचार गरेको हो भन्ने आरोप नै लगाइहाल्छन् । यस प्रवृत्तिले कस्तो मानसिकताको विकास भएको छ भन्ने केही उदाहरण हेरौँ । एउटा सामुदायिक माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक एक दिन आफैले चारचक्के चलाएर एउटा बैठकमा पुगे । बैठक पनि एउटा विद्यालयमै थियो । विद्यालयका अधिकांश शिक्षक घाम तापेर बसेका थिए ।
विद्यार्थीहरु चौरमा खेलिरहेका थिए । घन्टी सुरु भइसकेको थिएन । जब प्रअ गाडीबाट ओर्ले – सरले धेरै कमाएछन्, कसरी कमाउँछन् शिक्षकहरु पनि ? भ्रष्टाचारै त गरेका छन् नि । आदि टिप्पणीहरु भए । करिब सबैको एकमत थियो कि प्रधानाध्यापकले भ्रष्टाचारै गरेका छन् । अझ एक जनाले भने कि फलानो सहरमा छोराछोरी पढाएका छन् र तिनतल्ले घर पनि बनाएका छन् । ती प्रधानाध्यापकको वास्तविकता यस्तो थियो – चलाएर आएको गाडी साथीको थियो । साथीसित दुई तिन घन्टाको लागि लिएर आएका थिए गाडी । सहरमा तिनतल्ले घर बनाएका थिए तर गाउँको सडकछेउका पन्ध्र कट्ठा जमिन बेचेर । त्यो जमिन पैतृक सम्पत्ति थियो – बुबाको आर्जन थियो । त्यही घर पनि बैंकमा थियो, ऋणमा थियो । तिन तल्लामध्ये दुई तल्लाको भाडाले बैंकको ब्याज तिर्न पुग्थ्यो । एक तल्लामा कोच्चिएर बसेका थिए । कोही पाहुना आउनासाथ सारै अप्ठ्यारो हुने गथ्र्यो । प्रअकी मिसेस एउटा संस्थागत विद्यालय (बोर्डिङ) मा पढाउँथिन् । बालबालिकालाई त्यसै बोर्डिङमा पढाएका थिए ।
सकेसम्म ऋण तिर्न ती प्रधानाध्यापक र तिनकी अर्धागिंनीले गरेको दुःख नदेख्ने, उनको संघर्षको मूल्यांकन नगर्ने र सोझै भ्रष्टाचार गरेर सम्पत्ति कमाएको भन्ने आरोप शिक्षकहरुले नै शिक्षकमाथि लगाउँदा अन्यले नलगाउने कुरै हुँदैन । अरुले त पत्याइहाल्छन् स्वाभाविक रुपमा । अहिलेको समयमा सबैभन्दा सजिलो उपाय छ कसैलाई भ्रष्ट भनिदिनु । कसैले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्नु वा भ्रष्टाचार गरेकालाई कसरी भ्रष्टाचार गरेको हो भन्ने कुरालाई सबैमाझ नलैजानु अझ खतरनाक हो । अझ आफूले केही पाउन अरुमाथि भ्रष्टाचारको आरोप लगाउनु र आफ्नो स्वार्थ पूरा भएपछि वा स्वार्थ पूरा हुने देखिएपछि वा सम्भावना बढेपछि विरोध गर्न छोड्ने तथा प्रशंसा गर्न थाल्ने प्रवृत्ति पनि आफैमा भ्रष्टाचार हो । कतिपय अवस्थामा त जातको आधारमा पनि भ्रष्टाचारको आरोप लगाउने वा समर्थन गर्ने गरेको देखिन्छ । बिल्कुलै नचिनेको तर नाम सुनेको तथा उताबाट चिन्ने कुनै सम्भावना नभए पनि आफ नो जातको जतिसुकै भ्रष्ट भए पनि आँखा चिम्लेर समर्थन गर्ने र आफ्नो जातको नभएमा ठाडै विरोध गर्ने गरिएको पनि पाइन्छ । यसै गरी राजनैतिक दल पनि विरोध गर्ने र भ्रष्टाचारको आरोप लगाउने आधार बन्ने गरेको छ ।
कुनै व्यक्ति कुन दलको छ र उसलाई समर्थन वा विरोध गर्ने व्यक्ति कुन दलको छ भन्ने कुराले पनि चौक चौराहामा विरोधको कुरा वा समर्थनको भाव प्रसारित हुन्छ । अझ कुनै व्यक्ति अर्को पार्टीमा हुँदा अचम्मैको भ्रष्टाचारी र कुनै कारणवश आफ्नो पार्टीमा आइदिँदा वा आफू नै उनको पार्टीको सदस्य बनिदिँदा फेरि उनै व्यक्ति कहीँ नभएको सदाचारी भइदिन्छन् । कोही आफ्नो भैंसीले दश लिटर दूध दिए पनि उसले चौध लिटर दूध अरुलाई बेचेर आफ्नो घरमा पनि एक दुई लिटर राख्छन् । एउटा तरकारी बेच्नेले किन्ने बेलामा बिस किलो किनेका हुन्छन् भने बाइस किलो बेचेर पनि आफ्नो घरको लागि तरकारी उबार्छन् अनि किनेको मोलमा नाफा पनि कमाएका हुन्छन् । कोही कर्मचारी आफ्नो कार्यालयमा कार्यालय समयभरि हाजिर भएको प्रमाण पनि हुन्छ र बिहेभोजमा दिनभरि सहभागी भई जिल्लाको सदरमुकाम पनि कार्यालय अवधिमै पुगेका हुन्छन् तथा नातागोता सबैलाई भेट्न भ्याएका पनि हुन्छन् । कोही डाक्टर सरकारी अस्पतालमा सदैव हाजिर हुने र निजी क्लिनिकमा पनि नियमित सेवा दिइरहेका हुन्छन्, व्यवहारमा दुवैतिर काम गरिरहेका हुन्छन् । यसै गरी बेच्न नहुने भनी सेम्पलको लागि आएको औषधि ग्राहकलाई बढी मूल्यमा बेचेर परोपकार गरेको भन्ठान्दछन् ।
कोही शिक्षक कक्षामा पढाउनु भन्दा टिउसनमा बढी रमाउन खोज्दछन् वा टिउसनबाट दुई पैसा बढी कमाउन खोज्दछन् । विद्यार्थी पनि नपढेर खेल्न बढी मन पराउने र परीक्षामा चोरी गरेर पास हुन खोज्ने प्रयास गर्दछन् । बालबालिका घरको काममा सहयोग गरी केही सिक्नुभन्दा जथाभावी खेल्न रुचाउँछन् । औषधिको बट्टामा नै डाक्टरको प्रेस्क्रिप्सनबिना बेच्न नहुने भनी लेखिएको औषधि बालबालिकालाई पनि यत्तिकै औषधि पसलले बेचिरहेका हुन्छन् । सामान्य किराना पसलेले पनि म्याद गुज्रेको किराना सामान नयाँ आएको सामानको मूल्यमा बेचिरहेका हुन्छन् मूल्य बढेको छ भन्दै । अर्काको खेत जोत्ने बेलामा एउटा ट्रयाक्टरबालाले एक दिनमा नित्य कर्म गरेर छ घन्टा रातमा सुत्छन् र विभिन्न गरिब किसानको खेत जोतेको घन्टा गरी बिस घन्टाभन्दा बढी पु¥याएका हुन्छन् तथा त्यत्तिकैको पैसा पनि लिन्छन् । कोही सार्वजनिक बसमा चढेर पनि यदि बसको कर्मचारीले भाडा माग्दैनन् भने भाडा नदिइकन आफ् नो स्टेशनमा ओर्लन्छन् र बसको कर्मचारीलाई यो भनेर गाली गर्छन् कि मालिकलाई डुबाउने कर्मचारीहरु यस्तै हुन्छन् ।
भत्ता दिने व्यक्ति वा संस्थाको ठूलो तथा सकारात्मक समाचार लेख्ने पत्रकारले आफूलाई मन नपरेको वा कुनै कारणले आफूलाई मन नपराउने व्यक्ति वा संस्थाको समाचार जतिसुकै महत्वपूर्ण भए पनि सानो तथा सकेसम्म कमजोर बनाउने गर्दछन् । कुनै कार्यालय प्रमुखले जब सञ्चारकर्मीको फोन इग्नोर गर्दछन् र अन्यको फोन उठाउँछन् भने त्यहाँ पनि शंकाको सबाल उत्पन्न हुन्छ । घरमा काम गर्ने नोकरले सकेसम्म काम नगरीकनै मालिकलाई खुसी राखूँ र मालिकले पनि दिनभरि नोकरले काम गरिदेओस् तथा खासै केही दिन नपरोस् भन्ने चाहना राख्दछन् । कहीँ कतै कुनै काममा सोर्सफोर्स वा भनसुनको गुन्जाइस रहन्छ वा आफ्नो मान्छे देखेर सहानुभूति राखेर काम गरिन्छ । अनुहार, छालाको रंग वा लिंगले यदि कामको गराइमा प्रभाव पार्दछ, भूगोल, भाषा र अन्य कारणले कसैको मानसिकतामा सकारात्मक वा नकारात्मक कुनै भाव उत्पन्न गर्दछ ।
एक पुरुष वा युवक आफ्नी पत्नीबाहेक अन्यत्र आँखा लगाउनु, बिहे नभएका युवकले बिहे नगर्ने तर यौनिक स्वार्थ पूरा गर्ने दृष्टिकोणले कुनै युवती वा आइमाईलाई हेर्नु, कुनै महिला वा युवतीले पनि यसै प्रकार सामाजिक नैतिकतामा व्यभिचार ठहर्ने किसिमका काममा संलग्न हुनु तथा प्रत्यक्ष वा परोक्ष रुपमा यस प्रकारको कामलाई बढावा दिन्छन् भने यस प्रकारका कुरालाई यस किसिमको श्रेणीमा समाजले नै राखेको पाइन्छ । वास्तवमा यस प्रकारको प्रवृत्ति यत्रतत्र सर्वत्र सुन्न, देख्न तथा भोग्न पाइन्छ । के यस प्रकारका मानिसहरुलाई भ्रष्टाचारी नमान्ने ? नभन्ने ? कि यस प्रकारका मानिसहरु एक से एक भ्रष्टाचारी हुन् । भ्रष्टाचार भनेको भ्रष्ट आचार हो अर्थात् भ्रष्ट आचार नै भ्रष्टाचार हो । जब चिन्तनमा छ कि आफ् नो काम छल्नु छ, अरुलाई ठग्नु छ वा आफैलाई ठग्नु छ । काममा लापरवाही गर्नु छ । जसरी पनि काम गराउनु पर्ने वा गर्नुपर्ने अवस्था आउँछ । अझ यसलाई गहिरिएर विचार गर्ने हो भने अभिभावकले आफ्ना सन्तानप्र ितगर्ने लापरवाहीलाई पनि यसको दायरामा ल्याउन सकिन्छ । आफ्नो आर्थिक र अन्य क्षमता विचार नगरी जथाभावी सन्तान जन्माउनु, सन्तानलाई समय सुहाउँदो र युगानुकूलको भरणपोषण नगर्नु, शिक्षादीक्षा नदिनु पनि यसको दायरामा समेटिनु पर्छ । यस अर्थमा भ्रष्टाचार राजनीति वा प्रशासनमा सम्बद्ध वा संलग्न तथा जिम्मेवार व्यक्तिले मात्र गर्दछ भन्नु एउटा भ्रम हो ।
यदि कसैले आफ्नो दायित्व पूरा गर्दैन वा आफ् नो नैतिक दायित्व बुझ्दैन भने त्यसलाई पनि नैतिक भ्रष्टाचार मान्नु पर्दछ । हरेक व्यक्तिमा हुन सक्ने नीतिगत र व्यावहारिक भ्रष्टाचारको धरातल पनि हेर्नु पर्दछ । शिक्षित तथा सभ्य समाजले आर्थिक भ्रष्टाचारमा मात्र भ्रष्टाचार देख्नु हुँदैन, भ्रष्टाचारलाई निरन्तरता दिने, प्रोत्साहन दिने तथा भ्रष्टाचारलाई संरक्षण गर्ने भ्रष्टाचारको नैतिक धरातललाई पनि विचार गर्नु पर्दछ । यसर्थ एक विद्वानले भनेको कुरालाई यहाँ सापटी लिन चाहन्छु – नैतिकताबाट भ्रष्टाचारको उन्मूलन हुन्छ भने व्यवहारमा भ्रष्टाचार भनिएका धेरै कुरामा आफैँ सुधार भएको पाउन सकिन्छ ।