गरुडा । रौतहटको गढीमाई नगरपालिका–८ विरनगरास्थित गजेन्द्र पोखरीको सौन्दर्यीकरणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्दै प्रदेश भित्र रहेका ऐतिहासिक धरोहर, मठ, मन्दिर, पोखरी लगायत महत्वपुर्ण ठाउँहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए । प्रदेश भित्र रहेका सम्पुर्ण धरोहरहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना प्रदेश सरकारले लिएको र त्यही योजना अनुरुप सरकारले काम पनि अगाडि बढाइसकेको मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्री राउतले प्रदेश भित्रका सम्पुर्ण ऐतिहासिक तथा महत्वपुर्ण ठाउँहरुलाई सुन्दर बनाउने र पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि नै आफुले मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालन गरेको बताए । साथै प्रदेश २ लाई विकसित र समृद्ध बनाउने योजनाका साथ आफुले धार्मिक तथा ऐतिहासिक ठाउँहरुलाई पर्यटनको रुपमा विकास गर्दै समृद्धिको तीन आधार कृषि, उद्योग र पर्यटनलाई मजबुत नबनाएसम्म समृद्धि असम्भव रहेकोले धार्मिक तथा साँस्कृतिक धरोहरहरुलाई संरक्षण एवं प्रवद्र्धनमा जोड दिएको मुख्यमन्त्री राउतले बताए ।
मुख्यमन्त्री राउतले केन्द्र सरकारले प्रदेश २ सरकारलाई कमजोर बनाउने षडयन्त्रमा लागेको दोहोरयाए । संविधानले दिएको अधिकार समेत केन्द्र सरकारले कटौती गरी प्रदेश सरकारलाई अधिकारबिहीन बनाएको उनले बताए । संविधानले प्रत्येक प्रदेशलाई आफ्नो शासन प्रशासन र कर्मचारी राख्न पाउने अधिकार दिएको छ सोही अधिकार बमोजिम प्रदेश सरकारले आफनै प्रहरी नियुक्त गर्न प्रहरी ऐन ल्याए पनि केन्द्र सरकारले हस्तक्षेप गर्दै प्रदेश सरकारलाई आफनै प्रहरी र कर्मचारी राख्नबाट बञ्चित गरी राखेको सम्बन्धमा चर्चा समेत गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको ६ करोड ३० लाख भन्दा बढीको लागतमा निर्माण हुने उक्त पोखरी सौन्दर्यीकरण गरिने छ । मुख्यमन्त्री राउत, पुर्वमन्त्री एवंम जनता समाजवादी पार्टीका निर्वाचन विभाग प्रमुख तथा संघीय सांसद अनिल कुमार झा र प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले तीनै जनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । पोखरी सौन्दर्यीकरण अन्तर्गत उक्त पोखरीको छेउछाउमा चारैतिर बाटो हुने छ भने पोखरीको विच भागमा सुर्य भगवानको मन्दिर निर्माण, छठ घाट, चिल्ड्रेन पार्क, रेस्ट रुम, मनोरजंन स्थल लगाएत विभिन्न पुर्वाधार निर्माणको काम हुने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद अनिल कुमार झाले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार दिनबाट बञ्चित गरेर राखेको आरोप लगाए । केन्द्र सरकारले प्रदेश सरकारलाई सधै उपेक्षा गर्दै आएको र अधिकारबाट कुण्ठित गरेको सांसद झाले बताए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कृषि राज्यमन्त्री यादवले पोखरी सौन्दर्यीकरणले विनगरा आसपास क्षेत्रमा लभान्वित हुने बताए । विरनगरामा साढे ६ करोडको लागतमा निर्माण हुन लागेको पोखरी सौन्दर्यीकरणले उक्त आसपास क्षेत्रमा पर्यटन पुर्वाधारमा ठुलो टेवा पुरयाउने उनले बताए । राज्यमन्त्री यादवले रौतहट क्षेत्र नं १ को ख मा आफनो पहलमा ठाउँ ठाउँमा चाडै सार्वजनिक शौचालय पनि निर्माण हुन लागेको बताएका थिए ।
गढिमाई नगरपालिकाको आयोजनामा भएको शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झा, कन्थमनी प्रसाद जयसवाल, गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र प्रसाद यादव, गरुडा नगरप्रमुख इनु राय यादव जसपा नेता वृज किशोर यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी शिद्धि विक्रम साह, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवि रावल, विभिन्न पार्टीका नेता, कार्यकर्ता, भद्रभलादमी लगाएत ठुलो संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो ।



