अपडेट 
२०७७ मंसिर २४, बुधबार १६:२२

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण हुँदा १०५६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १४ जनाको मृत्यु समेत भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा संक्रमण पुष्टि भएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् । 

मन्त्रालयका अनुसार हालसम्म १६५१ जनाले ज्यान समेत गुमाएका छन् । यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ । 

Comment


Related News

Latest News

Trending News