
गौर । रौतहट निर्वाचन क्षेत्र ४(ख)का सांसद एवम् प्रदेश विकास समिति सभापति शेख अबुल कलाम अजाद(फुलबाबु) निर्वाचन क्षेत्रमा बुधबार मुस्लिमहरुको प्रार्थना स्थल र हिन्दूहरुको ब्रम्हबाबा मन्दिरको शिलान्यास गरेका छन् ।
आफ्नै संसदीय कोषको बजेटबाट गरुडा नगरपालिका वडा नं. ८ बिर्ताको मुस्लिम टोलमा मुस्लिम समुदायहरुको प्रार्थना स्थल जाम्मे मस्जिद र बिर्ताकै दक्षिण टोलमा ब्रम्ह् बाबा मन्दिरको उद्योग पर्यटन र वन तथा वातावरण मन्त्री राम नरेश राय यादव र विकास समिति सभापति एवम् प्रदेश सांसद फुलबाबुले संयुक्त रुपमा शिलान्यास गरेका छन् । गरुडा नगरपालिका वडा नं. ८ बिर्ता टोलमा बुधबार विशेष भव्य कार्यक्रमका बीच मुस्लिमहरुको प्रार्थना स्थल जाम्मे मस्जिद र हिन्दु समुदायहरुको ब्रम्ह् बाबाको मन्दिर एकैसाथ शिलान्यास गरेका छन् ।
सो अवसरमा उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्री यादव र प्रदेश विकास समिति सभापति एवं प्रदेश सांसद फुलबाबु, जसपाका प्रदेशसभा प्रत्याशी कामनी जैसवाल, जसपा नेता शेख हकिम,जसपा युवा नेता राजकुमार दास, युवा अध्यक्ष कौशर खान मिथिला, अनिल राय यादव, वडा नं.८ का वडाध्यक्ष मोहरस आलम, वडा नं.९ का वडाध्यक्ष राजेश सहनी, पुर्व वडाध्यक्ष हरिनारायण सहनी, जसपा वडा सदस्य सुशिला देवी, समाजसेवी शेख वोजैर, शेख सरवेश, हाजी मिरहुसैन, हाजी इसामहम्द, भैरो महरा, सुबलाल महरा, राजु साह, श्रीचन साह, राजिन्द्र साह, रामजी ठाकुर, जोगी दास लगायत रौतहटका विभिन्न ठाउँबाट आएका धर्म गुरु मौलाना, साधुसन्त महात्मा, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, ज्येष्ठ नागरिक, विभिन्न संस्थानका कार्मचारी, संचारकर्मी पत्रकार र सैकडौं युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।