अपडेट 
२०७७ मंसिर २५, बिहीबार १४:२४

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार सुरु भएको भर्चुअल बैठकमा विद्युत् व्यापार, वितरण र प्रसारण लाइनको विषय मुख्य एजेण्डा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायले जनाएको छ ।

बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन, न्यु बुटवल–गोरखपुरका साथै अन्य प्रसारण लाइनबारे छलफल हुनेछ । न्यु बुटबल–गोरखपुर प्रसारण लाइन बनाउनको लागि दुवै देशको लगानी र जनशक्ति सम्मिलित संस्था गठन गर्ने विषयलाई पनि यो बैठकबाट टुङ्ग्याउन पहल गरिने मन्त्रालयले जनाएको छ ।यस्तै विद्युत् व्यापार सम्झौतामा टुङ्ग्याउन बाँकी विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । भारतसँग विद्युत् व्यापारको लागि मुख्य सम्झौता भए पनि भारतले कार्यविधि टुङ्गो लगाउन नसक्दा बर्खामा नेपालको सयौँ मेगावाट बिजुली खेर गइरहेको छ । हिउँदमा भारतबाट बिजुली ल्याउनुपर्ने भए पनि बर्खामा भने नेपालमा उत्पादित बिजुली बढी हुँदै आएको छ ।

बढी भएको बिजुली किन्नको लागि भारतले छिटै कार्यविधि बनाएर पास गर्ने आश्वासन दिए पनि अहिलेसम्म पास गरेको छैन । आज (बिहीबार) देखि सुरु भएको सचिवस्तरीय बैठकमा यो विषयको पनि टुङ्गो लगाउने प्रयास हुने मन्त्रालयले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News