अपडेट 
२०७७ मंसिर २६, शुक्रबार ०७:१३

विश्वभरमा चार करोड ९१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा चार करोड ९१ लाख २८ हजार ७१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड ६ लाख ७७ हजार चार सय ३८ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख ८७ हजार चार सय २५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९९ लाख ६२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ६० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ९३ लाख २८ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ९९ हजार पाँच सय ८१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९७ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९२ लाख ९० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४२ हजार दुई सय २२ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ४५ हजार ६ सय ५० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ३१ हजार एक जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ६ सय ६३ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News