अपडेट 
२०७७ मंसिर २६, शुक्रबार ०७:३७

जनकपुरधाम । नेपालमा पनि रेल गुड्ने भन्दै नयाँ रेल आएपछि जनकपुरधाममा हजारौंको भींड लाग्यो । भारत हुँदै आएको नेपाली रेल हेर्न जनकपुरधामका मात्र होइन टाढा–टाढाका मान्छे पनि आए । कति त बिहानैदेखि रेललाई हेर्न बसिरहे । त्यहीं दिनदेखि यस क्षेत्रका बासिन्दाका साथै सबै नेपालीले रेलमा चढेर यात्रा गर्ने सपना बुन्न थाले । यो सपनामा बल दियो रेल्वे विभागले पनि विभागले विवाहपञ्चमीका अवसरमा रेल कुदाउने जनायो ।

नेपाली र भारतीय जनताले संयुक्त रुपमा मनाउने विवाहपञ्चमीका निदेखि रेल चल्ने जनाइएपनि अन्ततः यस दिनदेखि रेल नगुड्ने भएको छ । रेल संचालन गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको भएपनि विवाहपञ्चमीकै दिनदेखि रेल चल्ने सम्भावना छँदैछैन् । यसअघि पनि धेरै पटक रेल संचालन हुने महिना मिति नै तोकिएपनि सबै मिति फेल भइसकेको छ । ‘विवाहपञ्चमीका दिनदेखि संचालन हुँदैन् । तर, पुस मसान्तभित्रै हामी संचालन ग¥छौं’ रेल विभभागका महानिर्देशक गुरुप्रसाद भट्टराईले भने, “संचालन गर्ने तयाारी अन्तिम चरणमा छ ।” भारतबाट असोज २ गते आएको रेललाई अहिले धनुषाको इनर्वामा पार्किङ्ग गरेर राखिएको छ । रेलको सुरक्षाका निम्ति सशस्त्र प्रहरीलाई खटाइएको छ । रेल संचालनका लागि नेपाल रेल्वे कम्पनीले ६ महिनाको करारका लागि विभिन्न पदमा १ सय २९ जना कर्मचारीका लागि विज्ञापन प्रकाशित गरेको थियो । तर लोकसेवा आयोगले स्थायी भर्नाकै निम्ति पत्राचार गरेपछि नेपाल रेल्वेको विज्ञापन स्थगित गरिएको थियो । अहिले आयोगले कर्मचारी छनौट गरिरहेको भट्टराईले बताए ।

रेलका निम्ति चालकसहित प्राविधिक कर्मचारी भने भारतबाट ल्याउने तयारी रेल विभागले गरेको छ । यसका निम्ति काम भइरहेको विभागले जनाएको छ । रेल दुई देशमा गुड्ने भएकाले संचालन गर्दा कस्तो कानुन बनाउने सम्बन्धमा पनि दुबै देशबीच छलफल भइरहेको महानिर्देशक भट्टराईले बताए । ‘यो छलफलपछि दुबै देशबीच रेल संचालन गर्ने सम्झौता हुन्छ’ उनले भने, “यो सम्झौता रेल संचालनका निम्ति अन्तिम हुनेछ ।” अहिले नेपालको तर्फबाट रेल संचालनका निम्ति कानुन अध्यादेशबाट ल्याउने तयारी गरिएको छ । अध्यादेशको मस्यौदा तयार भइसकेको र चाँडै मन्त्री परिषद्को बैठकमा पेश हुने उनले बताए । भारतमा निर्माण गरिएको नेपाली रेल गत असोज २ गते दिउँसो जनकपुरधाम आएको थियो । रेलसँगै आएका कोकन रेल्वे कर्पोरेसन लिमिटेडका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई दुबै रेल सेट हस्तान्तरण गरेको पत्र बुझाएका थिए । रेल विभाग तथा भारत सरकार अन्तर्गतको कोकन रेल्वे कर्पाेरेसन लिमिटेडबीच (सरकार र सरकार) प्रकृयाबाट १० मे २०१९ मा सम्झौता गरी रु ८३ करोड ९३ लाख ६० हजारमा रेल खरीद गरिएको छ । यो शुल्कमा भन्सार शुल्क समावेश गरिएको छैन् ।

नेपाल रेल्बे कम्पनीका महाप्रबन्धक भट्टराईका अनुसार १६०० एचपी डेमु रेल २ वटा नेपाल आईपुगेको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ । एउटा रेलमा ५ वटा कार अथवा डिब्बाहरु रहेका छन् । एक वटा ड्राइभिङ्ग पावर कार, एक वटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ । एउटा ट्रेन सेटमा एक पटकमा करीब १३ सय यात्रुहरु बोक्ने क्षमता रहेको छ । अनि रेल प्रति घण्टा १ सय १० किलोमिटर कुद्ने उनले बताए । भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म संचालनका लागि रेल खरीद गरिएको नेपाल रेल्वे विभागले जनाएको छ । यद्यपी अहिले जनकपुरदेखि जयनगरसम्मको लिक मात्रै निर्माण भएको छ । अन्यतिरको काम भने जारी छ । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल संचालन हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News