अपडेट 
२०७७ मंसिर २६, शुक्रबार १५:५९

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजकसमेत रहेका पोखरेलले शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव तथा सचिवहरुसँग सामूहिक छलफल गरेका हुन् ।

जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिका बारेमा छलफल गरिएको जनाइएको छ ।
छलफलबारे पोखरेलले भने–‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो, त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल भएको छ ।’

बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि छलफल भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News