अपडेट 
२०७७ मंसिर २६, शुक्रबार १६:५९

नेपालमा शुक्रबार थप एक हजार ४४ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप एक हजार ४४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा एक हजार ६७४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप १२७१ जना कोरोनामुक्त भएका छन् ।

यसरी कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ । हाल १२ हजार १४८ जना आइशोलेशनमा र ५१९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख २० हजार ६१८ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News