२०७७ मंसिर २७, शनिबार ०७:२४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएपछि शुक्रबार बिहान पीसीआर गराएकोमा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका हुन्। कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको बताएका छन्।

संक्रमण पुष्टिसँगै शनिबारबाट सुरु हुने गौतमबुद्ध कप क्रिकेटमा सहभागी हुन नपाउने भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् ।

Comment

Related News

Latest News

Trending News