आजको विषय दुई प्रशंगबाट उठान गरौं । पहिलो, शिक्षक तथा साहित्य अध्येता अरुणकुमार राउतको फेसबूक स्टेटसबाट उनले हिन्दी फिल्म दामिनीको एक डायलगबाट आफ् नो अभिव्यक्ति सुरु गरेका छन् । उनले लेखेका छन् :– ‘नया“ पाठ्यक्रम कि पुरानो ….? अन्योल जारी ।।।।। हिन्दी फिल्म दामिनीको एक प्रसिद्ध डायलग छ :– ‘तारीख पे तारीख, तारीख पे तारीख, तारीख पे तारीख मिलती रही है, लेकिन इंसाफ नही मिला मायलार्ड मिली है तो सिर्फ ये तारीख’ ।
‘यतिबेला कक्षा एघारका पा“च लाख विद्यार्थीले यस्तै महसुस गर्दा हुन । एक त कोरोना कहरले विद्यार्थीहरू मानसिक रूपमा विरामी छन्, त्यसमाथि नया“ र पुरानो पाठ्यक्रमको अन्योलले झनै सिकिस्त भएका छन, उनीहरू कार्तिक २६ बाट पेसी सर्दासर्दै अब भने पौष ६ गतेलाई सर्ने भएको छ । न्यायालयका न्यायकर्ताले यस्तो गम्भीर विषयलाई यति हलुङ्गो ढङ्गले लिनु कदापि राम्रो होइन । कोरोना कहरले समयमा पठनपाठन सुरु हुन नसक्दाको तनाव झेलिरहेका हाम्रा विद्यार्थीलाई नया“ र पुरानो पाठ्यक्रमको अन्योलले अझ बढी तनावग्रस्त बनाएको हु“दा शीघ्रातिशीघ्र यस विषयमा निर्णय सुनाउन आवश्यक देखिन्छ । तारिख मात्र सारेर हुन्न साहेब’ । प्रशंग केलाई राख्नु पर्छ जस्तो लाग्दैन कारण कक्षा– ११ मा अध्ययनरत मुलुकका पा“च लाख भाई बहिनीको जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्दछ यो प्रशंग ।
पा“च लाख विद्यार्थीका अभिभावक र शिक्षकलाई जोड्ने हो भन्ने यो विषय लाखौं नेपालीसंग प्रत्यक्ष सम्बन्ध राख्दछ । कोभिड –१९को कारण झण्डै आठ महिना सम्म भौतिक रुपमा उपस्थित भएर स्कूल कलेज संचालन गर्ने वातावरण सृजना भएन । पाठ्यक्रम विकास केन्द्रले २०७७ भदौ १ गतेदेखि कक्षा ११ मा नया“ पाठ् यक्रम अनुसार पठन पाठन गर्न विद्यालयहरुलाई निर्देशन दियो । अनलाईन माध्यमबाट भएपनि नया“ पाठ्यक्रम अनुसार पठन पाठन सुरु भयो तर असोज २८ गते भगवता अर्यालले नया“ पाठ्यक्रम विरुद्ध मुद्दा दायर गरे । सम्मानित अदालतमा यस विषयमा पटक पटक वहस छलफल भयो । पछिल्लो पटक पुस ६ गतेलाई पेशी सारिएको छ । सम्मानित अदालतको फैसल नआएसम्म पुरानो कि नया“ पाठ्यक्रम अनुसार पठन पाठन गर्ने विषयमा अन्योल रहनेनै भयो । विचरा विद्यार्थीहरु पढन पाउने नैसर्गिक अधिकारबाट बंचित छन् ।
अर्को प्रशंग ‘७२ औ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शिक्षाको लागी राष्ट्रिय अभियान नेपाल ( एनसीई, नेपाल) जिल्ला समन्वय समिति धनुषाले बिहीवार आयोजन गरेको ‘कोभिड–१९ले शिक्षा क्षेत्रमा पारेको असर विषयक अन्तरक्रृया’ का सहभागी छात्र छात्रा, अभिभावक, शिक्षक तथा सरोकारबालाहरुको जिज्ञासाबाट । अन्तक्रृयामा सहभागी कक्षा ११ का छात्र रमेश साह अत्यन्त दुखी देखिए । कार्यक्रममा सहभागी सरोकारबालाहरुसंग उनले सोधेका थिए – ‘ विद्यालय भित्रको राजनीति, भौतिक संरचनाको आभाव वा पाठ्यक्रमको विवादबाट हामीलाई के वास्ता? हाम्रो पढन पाउने अधिकारलाई कस्ले सुरक्षित गरिदिने माध्यमिक विद्यालयका प्राचार्य बलरामप्रसाद साहसमेत सहभागी रहेका कार्यक्रममा हाका हाकी सोधीन– ‘कोभिड–१९ को क्रममा सरकारले ल्याएको स्वास्थ्य सुरक्षा मापदण्डमा एउटा बेंचमा दुई जनामात्र बस्नु पर्ने उल्लेख छ तर हामी एउटै बेंचमा चार–पा“च जना विद्यार्थी बस्नु परेको छ । यसरी टा“सिएर बस्दा कोरोना संक्रमण हुदैन विद्यार्थी संख्या उच्च भएको विद्यालयमा शिक्षक र भवनको आभाव भएको तितो यथार्थ पनि यही छ ।
सरोकारबालाहरुसंग मेरो सीधा प्रश्न छ – आवश्यकताको आधारमा शिक्षक समायोजन गर्न कस्ले रोकेको छ? ईन्जिनियरको विज्ञापन गर्न सक्ने प्रदेश लोकसेवा आयोगले शिक्षकको विज्ञापन गर्न सक्दैन? सडक, नाला, पोखरी सौन्दर्यीकरण पहिला गर्ने कि विद्यालय बनाउने? राष्ट्रिय शिक्षा निती – २०७६ ले ‘शिक्षित, सभ्य, स्वस्थ्य र सक्षम जनशक्ति, सामाजिक न्याय, रुपान्तरण र समृद्धि ’ लाई दूरदृष्टि बनाएको छ । भन्ने सबै तहको शिक्षालाई प्रतिष्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने लक्ष्य लिएको छ । यसैगरी बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने, आधारभूत शिक्षामा सबैको सहज एवं समतामूलक पहूच र निरन्तरता सुनिश्चित गर्दै सर्वव्यापी, जीवनोपयोगी, प्रतिष्पर्धी एवं गुणस्तरयुक्त अनिवार्य तथा नि ःशुल्क शिक्षाको प्रत्याभूति गर्न, गुणस्तरीय माध्यमिक शिक्षामा सबैको निःशुल्क पहुच सुनिश्चित गर्दै सिर्जनशिलता, रचनात्मकता, अध्ययनशीलता, सकारात्मक चिन्तन र सदाचार जस्ता गुण सहितको प्रतिष्पर्धी, सीपयुक्त एवं उत्पादनशील जनशक्ति तयार गर्ने लगायतका लक्ष्य लिएको छ ।
यसका साथै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुच सुनिश्चित गरी जीवनपर्यन्त शिक्षाका माध्यमबाट मर्यादित जीवन यापन गर्न सक्षम र प्रतिष्पर्धी नागरिक तयार पार्ने उद्घोष पनि गरिएको छ । तर राष्ट्रिय शिक्षा निती–२०७६ ले लिएको दूरदृष्टि र लक्ष्य यस्तो लथालिंग व्यवस्थापनले सम्भव छ?