रौतहट–वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाको उप–सभापति पदमा बन्ती कुमार पाण्डे (सुरज)लाई मनोनयन गरिएको छ ।
शनिबार संवाद समुहको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाका सभापति अनन्त कोईरालाले बन्ती कुमार पाण्डे ( सुरज) लाई वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाको उपसभापति पदमा मनोनयन गरेका हुन् ।
सो कार्यक्रममा बन्ती कुमार पाण्डे (सुरज) ले प्रजातान्त्रिक समाजवाद, प्रेस स्वतन्त्रता,कानुनि शासनकै पक्षमा कामगर्ने धारण व्यक्त गरे ।
कार्यक्रममा नेपाली काग्रेंसका महाधिवेशन प्रतिनिधि सुर्य बहादुर थापा,संदेश रिजाल,गोपाल हुमागाई लगायतका युवा नेताहरुको सहभागिता रहेको थियो । यस अध्ययन प्रतिष्ठानले प्रजातान्त्रिक समाजवादको पक्षमा बकालत गदै आईरहेको छ ।