अपडेट 
२०७७ मंसिर २८, आईतवार ०८:०५

धनुषाका उखु किसानले आर्थिक २०७५/०७६ देखिको अनुदान रकम पाउन सकेको छैन । धनुषाका उखु किसानहरुले सिरहाको हिमालय चिनी मिल र महोत्तरी रामनगरको एभरेष्ट सुगर मिलसँग उखु बेच्दै आएको छ । धनुषाका अधिकांश किसानले हिमालय चिनी मिलसँग उखु बेच्दै आएका छन् । धनुषामा हिमालय चिनी मिलको ८ वटा सेन्टरहरु रहेको छ । त्यस मध्ये बटेशर र ढल्केवर सेन्टरका केहि किसानको ७० लाख रुपैयाँ दुई वर्ष देखि भुक्तानि हुन सकेको छैन् ।

आर्थिक वर्ष २०७५/०७६ मा हिमालय चिनी मिललाई ७ सय क्विन्टल उखु बेचेका मिथिला नगरपालिका–३ हरिहरपुरका किसान शिवकुमार महतोले भने,‘ मिलले आफ्नो दायित्वमा पर्ने उखुको पैसा भुक्तानी दुई महिनामै गरियो । तर उखुमा सरकारले दिने अनुदानको रकम अहिले सम्म पाउन सकेका छैनौ ।’ सो आर्थिक वर्षमा प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ उखुको मुल्य तोकिएको थियो । ५ सय ३६ मध्ये ४ सय ७१ रुपैयाँ मिलले र ६५ रुपैयाँ सरकारले उखु किसानलाई अनुदान दिदै आएको छ । महतोले भने,‘ प्रति क्विन्टल ४७१ को दरले मिलले करिव ७ सय क्विन्टल उखुको रकम भुक्तानी दियो । तर अनुदान वापतको ४० हजार रुपैयाँ अझै पाउन सकेका छैनौ ।’ करिव २० विग्हामा उखु खेती गर्दै आएका क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका महेन्द्र राउतले भने,‘ अन्य जिल्ला जस्तो धनुषाका उखु किसानहरुलाई मिलको तर्फबाट त्यस्तो पीडा छैन ।’ २०७५/०७६ को अनुदानको रकम मात्रै हाम्रो बाँकी छ ।

गत आर्थिक वर्ष २०७६/०७६ को अनुदानसहितको रकम मिलले सबै किसानलाई भुक्तानी गरिसकेका छन् । त्यसकारण यहाँ मिलको तर्फबाट खासै समस्या छैन ।’ बाँकी रहेका भुक्तानीको विषयमा हामी ताकेता पनि गर्छौ उनले भने,मिलले केहि दिनमा दिने भनेर आश्वासन दिएका छन् ।’ यता, हिमालय चिनी मिलका उखु महाप्रबन्धक अवध प्रसाद यादवले नेपालमै आफ्नो मिलको भुक्तानी प्रक्रिया उत्कृष्ट रहेको दावी गरेका छन् । उनले भने,‘ हामीले उखु मिलमा पुगेको दुई सप्ताहमै किसानलाई भुक्तानी दिन्छौ । अहिले सम्म हामीले सबै किसानको भुक्तानी गरिसकेको छौ । धनुषाका एउटा सेन्टरको त्यो पनि अनुदानवाला रकम मात्रै भुक्तानी हुन बाँकी छ, सरकारको गल्तीले त्यो भुक्तानी रोकिएको छ ।’ उखु मिलले तिर्ने १३ प्रतिशत भ्याटबाटै सरकारले किसानलाई प्रति क्वीन्टल ६५ रुपैयाँको दरले अनुदान दिने गर्छन् । ‘हामीले सरकारलाई भ्याटपनि तिरी सकेका छौ, फाईलपनि समयमै पठायो महाप्रबन्धक यादवले भने,‘ तर मन्त्री, सचिव हेरफेर हुने कारणले फाईल अगाडी बढेन ।

अव केहि दिनमा हुन्छ भनेर आश्वासन दिएका छन् ।’ आर्थिक वर्ष २०७५/२०७६ का अनुदान तर्फका धनुषाका मात्रै केहि किसानका करिव ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनले बताए । आर्थिक वर्ष २०७६/०७७ मा किसानहरुलाई अनुदान तर्फ रकम सुदभर्ना गरेर मिलले तिरेको महाप्रबन्ध यादवले बताए । ‘२०७६/२०७७ मा हामीलाई अनुदान तर्फको मात्रै ६ करोड २ लाख रुपैयाँ वितरण गर्नुपर्ने दायित्व थियो । तर सरकारले २ दशमलव ५ प्रतिशत अर्थात १२ लाख २८ हजार कम गरि रकम पठाइयो, महाप्रबन्ध यादवले भने,‘ सरकारले पछि दिने भनेर आश्वासन दिएपछि सिरहास्थित कोलनिकामा समन्वय मिलले सो खातामा आफ्नो तर्फबाट घटि रहेको रकम सोदभर्नाको हिसावले जम्मा गरि किसानहरुलाई भुक्तानी भईसकेको छ ।’

Comment


Related News

Latest News

Trending News