अपडेट 
२०७७ मंसिर २८, आईतवार १६:३४

नेपालमा आइतबार थप ८३० जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा रहेको ७९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ८३० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १६ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप १५०० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ३५ हजार ७३१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आइतबार नेपालमा १० हजार ९९४ जना आइशोलेशनमा रहदा ५१६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ वटा पिसिआर गरिएको छ ।

Comment


Related News