अपडेट 
२०७७ मंसिर २८, आईतवार २०:०९

रौतहटकाे राजपुरमा २०६४ सालमा १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका आरोपित महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

महताबलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशपछि महताबलाई आइतबार जिल्ला कारागार गौर पठाइएको छ । संविधानसभा चुनावलाई लक्षित गरी साविक राजपुर फदरहवा गाविस ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई प्रहरीले पक्राउ गरेको थियो । आलम नेपाल–भारत सीमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ परेका थिए । महताब आलम पूर्वमन्त्री अफताव आलमका भाइ हुन्  ।

२०६४ चैत २७ गते गोठघरमा तत्कालीन नेपाली कांग्रेसका उम्मेद्वार तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको योजनामा बम विष्फोट हुँदा १४ जनाको ज्यान गएको भन्दै प्रहरीले अफताब आलमलाई पक्राउ गरिसकेको छ ।

आलमले विष्फोटको घटना लुकाउने उद्देश्यले मृत्यु र घाइते भएकालाई ट्र्याक्टरमा राखेर इँटाभट्टामा जलाइएको स्वीकार गरिसकेका छन् ।   अन्तिम अपडेट: मंसिर २८, २०७७

Comment


Related News

Latest News

Trending News