अपडेट 
२०७७ मंसिर २९, सोमबार ००:५७

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा हजार लगानि गरेर लाखौं गुमाएका धेरैले हल्ला चलाएका भनिने करोडपति जनक राज भारती संग जनकपुर टुडेका रौतहट प्रतिनिधि दिपु मिश्र संग भएको कुराकानी
१. तपाईले चन्द्रनिगाहपुरमा जनक भारतीको रुपमा कसरी चिनाउनु भयो ?
बुबाआमा र कार्की ससुरालीको साथै संकल्प साकोष र ठुल्दाई फेन्सी एण्ड शु सेन्टरले चिनाएका आत्मिय मित्र गणेश पौडेल र पछिल्लो अवस्थामा भरिपुर्ण साथ दिनुभएका दाजु दिपक भण्डारी र मेरो आफ्नो परिवारका सदस्यहरुले गर्दा मैले आफुलाई रौतहटको चन्द्रनिगाहपुरमा चिनाउन सफल भए ।

२.तपाईले ठुल्दाई फेन्सी व्यवसाय अगाडी बढाउदै गर्दा तपाईका अनुभव र तपाईको बितेका कदम कस्तो र¥यो ?

मेरो ठुल्दाई फेन्सीको तर्फबाट मैले मेरा रौतहट बासी आत्मिय मित्र र चन्द्रनिगाहपुरमा व्यवसायी हिसाबले सम्पुर्णको कलेजो,मुटुको धडकन र ढुक–ढुकि छाम्ने मौका पाए । तेसै अवसरलाई मध्यनजर गर्दै अगाडी बढ्ने क्रममा पुखौंली प्रजातान्त्रिक बिचारधारामा रहदै गर्दा नेपाली कांग्रेसको माननीय देव प्रसाद तिमल्सिनाको छत्रछायामा रही चन्द्रपुर नगरपालिका नगर सह–सचिवको भुमिका निर्बाह गर्दै गर्र्दा दिएको योगदानबाट आम निर्वाचित जनप्रतिनिधिहरुलाई अवगतै हुनुपर्नै कुरामा बिस्वत छु । साथै चन्द्रनिगहपुर सिटी जेसीजको अग्रनी भुमिका रहेको जानकारी गराउदै अहिले सम्मको कदममा साथ दिनुहुने सम्पुर्ण संचारकर्मी तथा मित्र देवेन्द्र अर्याल प्रति हार्दिक आभारी छु ।

३.पछिल्लो समयमा तपाईले कुन क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ ?
मैले मानव अधिकार तथा शान्ति समाज रौतहट शाखाको उप–सभापति हुदै गर्दा मेरो नेतृत्वमा राष्ट्रिय २० औं परिषद बैठक सम्पन्न गर्नुको साथै नेपाल जेसीजको कार्यक्रम अध्यक्ष बैठको भेला आदरणीय दाजु जेसी बालकृष्ण श्रेष्ठको सहयोगमा चपुरमा शुसम्पन्न गर्नुको साथै बिभिन्न सामाजिक क्षेत्रमा योगदान दिएको छु ।

४.हजार लगानि गरेर लाखौं गुमाएका सफल करोड पति तपाईलाई भन्नेले भन्दै गर्दा तपाईलाई गरेको प्रश्नको उत्तर कसरी दिनु हुन्छ ?

सर्बप्रथम त तपाइलाई धन्यबाद, यो प्रश्न उठाईदिने मेरा शुभचिन्तक ज्युहरु लाइ मुरीमुरी धन्यवाद । मैले हजार लगानी गरेर लाखौं गुमाएको पक्कै हो । तर करोडपति चै बनेको छैन किनकी बाले देको ९८ हजार लगानी गरेर १५ करोड ७६ लाख ८० हजार सेकेण्ड मिहिनेत गर्दा ३५ लाख उधारो लगानी उठाउन नसक्दा लाखौं गुमाएको समाचार चै सत्य हो । यो करोड कमाएको समाचार चै सत्य होईन ।
५.तपाईले चन्द्रनिगाहपुरमा दिएको योगदानलाई मध्यनजर गरेर सोध्दै गर्दा तपाईको आगामी योगदान र भुमिका चन्द्रपुर नगरपालिकालाई के हुन सक्छ ?

म आफु नेता बन्ने हेतुले होईन सफल नेतृत्व दिने नेता बनाउने अभियानमा छु । र यो भन्दा बाहेक मेरो व्यक्तिगत शव्दकोषमा कुनैपनि शव्द छैन………. धन्यबाद

Comment


Related News

Latest News

Trending News