अपडेट 
२०७७ मंसिर २९, सोमबार ०७:२६

विश्वभरमा पाँच करोड आठ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा पाँच करोड आठ लाख ४४ हजार ७९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड २६ लाख १८ हजार तीन सय ९१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख १८ हजार चार सय ३७ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड एक लाख ५८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ६७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ९७ लाख १४ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ६ हजार चार सय २९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९८ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९३ लाख ८७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४३ हजार तीन सय ९३ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ४८ हजार चार सय २३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ३५ हजार सात सय ३१ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ६ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News