अपडेट 
२०७७ मंसिर २९, सोमबार १६:१६

नेपालमा सोमबार थप ८२१ जनामा कोरोना देखिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १७ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ८४२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ३६ हजार ५७३ जना निको भएका छन् । नेपालमा हाल १० हजार ९५५ जना आइशोलेशनमा छन् भने ४७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म १८ लाख ३६ हजार ४६४ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News