अपडेट 
२०७७ मंसिर २९, सोमबार १९:५५

जनता समाजवादी पार्टी नेपाल कमला नगरपालिका नगर समिती ले विभिन्न माग सहित सोमवार देखि धर्ना तथा विरोध कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाका मेयर रामउदगार गोइतले आर्थिक हिनामीना गरेको र सोको हरहिसाव सार्वजनिक गर्नुपर्ने माग सहित जसपा कमला नगरपालिकाका नगर समितिले आन्दोलन सुरु गरेको हो । गत विहिवार जसपाका जिल्ला अध्यक्ष पशुपती यादवको अगुवाईमा कमला नगरपालिकामा ज्ञापनपत्र वुझाइएको थियो । बिहिवार, नगरपालिकाको कार्यालयमा, जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवसहित कमला नगरपालिकका विभिन्न वडाका वडाअध्यक्ष, सदस्य, गाउँवासी र युवाहरुको विशाल उपस्थितीमा नगरप्रमुख गोइतलाई विभिन्न ९ बुँदे मागँ उल्लेखित ज्ञापन पत्र हस्तान्त्रन गरेको थियो । नगरपालिकाले गर्दै आएको कामकाज प्रति नगरवासीको असन्तुष्टि रहेको र आर्थिक हिनामिना गरेको भन्दै, स्पष्टिकरणसहित आफ्नो मांगहरु जति सक्दो पुरा गर्न भनि ३ दिने अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाइएको थियो ।

ज्ञापनपत्रमा उल्लेख रहेको अनुसार आर्थिक वर्ष २०७४ ७५ देखि २०७६ ७७ समेतको आय व्ययको हर हिसाब सार्वजनिक गर्नुपर्ने मांग गरिएको थियो । त्यस्तै, हाल सम्मको बाँकी रहेको सामाजिक सुरक्षा भत्ता (दलित वालवालिका बृद्ध बृद्धा, एकल महिला, अपाङ) अविलम्ब बितरण गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्ता गर्नुपर्ने भनिएको छ । त्यस्तै, ज्ञापन पत्रमा नगर भित्रका विद्यालयहरुलाई भौतिक सुविधा सम्पन्न बनाई गुणस्तरीय पठन पाठन गराउनु पर्ने भनि उल्लेख रहेको छ । त्यस्तै, नगर भित्रका स्वास्थ्य चौकीहरुमा औषधि लगायतका स्वास्थ्य उपचार सेवाहरु उपलब्ध गराउनु पर्ने जनाईएको छ । नगर भित्रका मूल तथा सहायक सडक, ढल, खानेपानिहरुको मापदण्ड तय गरी निर्माणलाई अगाडि बढाउनु पर्ने भनि ध्यानाकर्षण गराईएको छ । त्यस्तै, आन्तरीक आय श्रोतलाई अभिलेखीकरण गरी व्यवस्थित तथा पारदर्शी बनाउनु पर्ने माँग गरिएको छ । त्यस्तै, कृषि सडक तथा विद्युतीकरण र सिचाई प्रणालीलाई प्राथमिकताका साथ अगाडी बढाउनु पर्ने उल्लेख गरिएको छ । त्यस्तै, कोभिड महामारी नियन्त्रणमा भएको आय व्यय पनि सार्वजनिक गर्न मांग गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेखित ९ बुदेँ माँगहरु तिन दिन भित्र पुरा नभए आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने, जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले चेतावनी समेत दिएका थिए । ज्ञापन पत्रमा उल्लेखित मांगहरु पुरा नभएकोले आज बाट मजबुरीबस बिरोधमा उत्रिनु परेको अध्यक्ष पशुपति यादवले बताउनुभयो । यता कमला नगरपालिका का मेयर राम उदगार गोइतले नगरवासीको विरोधका वावजुद नगर परिषद सम्पन्न गरेको छ ।

Comment


Related News

Latest News

Trending News