अपडेट 
२०७७ मंसिर ३०, मंगलवार ०७:१६

विश्वभरमा पाँच करोड १२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा पाँच करोड १२ लाख ९० हजार तीन सय ३६ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड ३१ लाख ७० हजार तीन सय २७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख २७ हजार दुई सय ३९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड दुई लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ६९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ९८ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख सात हजार नौं सय ९४जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ९९लाख ६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९४ लाख २१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४३ हजार सात सय ४६ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ४९ हजार दुई सय ४४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ३६ हजार पाँच सय ७३ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार सात सय १६ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News