अपडेट 
२०७७ मंसिर ३०, मंगलवार ०७:३३

सीमानाका खोल्नु पर्ने माग गर्दै मलंगवामा सोमबार साँझ मशाल जुलुस प्रर्दशन गरिएको छ ।

हुलाकी राजमार्ग निर्माण, नेपाल–भारत सीमानाका खोल्नु पर्ने लगायतका माग गर्दै सर्वपक्षीय संघर्ष समिति सर्लाहीले मलंगवामा मशाल जुलुस प्रदर्शन गरेको हो । समितिको पुर्व निर्धारित कार्यक्रम अनुसार सोमबार मलंगवासहित सर्लाहीका २० वटै पालिकामा मशाल जुलुस प्रदर्शन गरिएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख एवम् संघर्ष समितिका संयोजक मेथुर चौधरीले जानकारी गराए । निर्धारित कार्यक्रम अनुसार मंगलबार सर्लाहीको २० वटै पालिका पुर्ण रुपमा बन्द गर्ने कार्यक्रम रहेका संघर्ष समिति प्रमुख चौधरीको भनाई छ । मशाल जुलुश प्रदर्शनमा संघीय सांसद महेन्द्र राय यादव, प्रदेश २ का सांसल अशोक यादव लगायत विभिन्न पालिका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

संघर्ष समितिले हुलाकी सडक निर्माण, नेपाल–भारत सीमा नाका खोल्नु पर्ने लगायत ६ बुदे माग राखेर मलंगवाको शहिद चौकमा गएका मंसिर २१ गतेदेखि रिले अनसन थालेका छन् । अभैmपनि सरकारले हाम्रो माग लाई सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने समितिको भनाई छ । गएको चैत महिनामा सरकारले कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्नको लागि गरेको सीमानाका बन्द अभैm खुला नगरिएपनि काठमाण्डुबाट भारतको दिल्ली हवाई सेवा भने पुनः संचालन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News