२०७७ मंसिर ३०, मंगलवार ०७:३७

राजविराज । सरिता गिरीले आफूलाई चीनको इसारामा नेकपा नेतृत्वको सरकार र जनता समाजवादी पार्टीका नेता मिलेर आफूलाई सांसद पदबाट हटाएको आरोप लगाएकी छन् ।

राजविराजमा उनका समर्थकहरुले सोमबार आयोजना गरेको मधेश जनसभालाई सम्बोधन गर्दै गिरीले चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेको बताइन् ।” आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको उनले समेत बताइन् । ‘आफूलाई सांसद पदबाट निकालेपछि चीनका राजदूत पार्टी कार्यालयमै आउन चाहेकी थिइन’ गिरीले भनिन्, “तर नेताहरुले यहाँ नआउनुस । भिडियोमै खुशियाली मनाऔं भनेपछि उनी भिडियोमै कुरा गरिन् ।” राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् । उपेन्द्र यादवले चीनको इसारामा मधेशलाई तिब्बत बनाउन खोजेको उनले आरोप समेत लगाइन् । ‘बाबुराम उपेन्द्र मधेशमा आएर राष्ट्रपति प्रणाली चाहिन्छ भनिरहेका छन्’ गिरीले भनिन्, “उनको यो तिब्बत बनाउने योजना हो ।

त्यसका निम्ति बाबुराम भट्टराईलाई जिम्मेबारी दिइएको छ । जसमा उपेन्द्र पनि संलग्न छन् ।” मधेशमा चिनियाँ प्रभाव बढाउनकै निम्ति भट्टराई यादवसँग मिलेको उनले बताइन् । चीन सरकारलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न उनले चेतावनी समेत दिइन् । आफूलाई सांसद र साधारण सदस्यता समेतबाट हटाइएपछि न्यायालयमा जाँदा पनि न्यायको बाधक पार्टीकै नेताहरु बनेको उनको दावी छ । सांसद पदबाट हटाइएपछि सर्वाेच्चमा रिट दायर गरेको उनले बताइन् । रिटमा गिरीको पक्षमा फैसला सुनाइए महाअभियेग लगाउने भनेर बाबुराम भट्टराईले न्यायाधीशलाई धम्की दिएको उनले बताइन् । न्यायाधीश पनि पार्टीको भागबण्डाबाट नियुक्त हुने भएकाले उनीहरुले नेताको मात्रै कुरा सुन्ने गरेको गिरीको दावी छ । ‘यो देशमा सबै संयन्त्र नेताको बन्धक बनेका छन्’ गिरीले भनिन्, “नेताले न्यायाधीश, प्रहरीसहित राज्य संयन्त्रका कर्मचारीलाई दिनमा रात भनेपछि उनीहरुले पनि रात नै भन्छन् ।

त्यसैले यहाँ न्याय पाउन कठिन छ ।” नेकपाका नेताले देशमा समाजवाद उन्मुख राज्य बनाउँछौं भनेपनि अधिनायकवादी व्यवस्था ल्याइएको उनले बताइन् । मैले केहि नगर्दा पनि सांसद र पार्टीबाट निकालिएको तर रेणु यादवले त पार्टी विभाजन गर्न लाग्दा समेत उनीसँग स्पष्टिकरणसम्म नसोधिएको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News