अपडेट 
२०७७ मंसिर ३०, मंगलवार ०७:४१

जनकपुरधाम । धनुषाको कमला नगरापलिकाको चौथो नगर परिषद् सोमबार सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी, नेपालका नेताहरुले नगरसभाको विरोध गरेका थिए । तर, बहुमत पुर्याएर चौथो नगरसभा विधिवत रुपमा सम्पन्न गरिएको हो । निर्धारित समयभन्दा झण्डै पाँच महिना ढिलो गरी नगरसभा सम्पन्न भएको हो । कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतको अध्यक्षता तथा पूर्वमन्त्री समेत रहेका नेता रामचन्द्र झाको प्रमुख आतिथ्यमा नगर सभा सम्पन्न भएको हो । नगरपालिकाका लेखा प्रमुख सजीव कुमार महतोले चालु आर्थिक वर्षको लागि ६१ करोड ९० लाख ८० हजार बढीको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

चालु आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य, कृषि तथा सहकारी विकास, महिला, बालबालिकालाई प्राथमिकतामा राखिएको छ । सभामा वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, वडा सचिव, महिला, युवा स्थानीय भद्रभलादमीहरुको सहभागीता रहेको थियो । परिषदको क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, नेपाली काँग्रेस नगर अगुवा योगेन्द्र प्रसाद यादव (जोगी), प्रशासनका जुगलकिशोर यादव, योजना शाखा प्रमुख शिवराज परियार लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News