अपडेट 
२०७७ मंसिर ३०, मंगलवार ०७:५४

कलैया । नेपाली काँगेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री फर मुल्लाह मंसुरले ओली नेतृत्वको वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् ।

नेपाली काँगेस जिल्ला कार्य समितिले आयोजना गरिएको सरकारको अधिनायकवाद बिरोध र्याली तथा बिरोधसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री मंसुरले नेपाली जनताको भवना बिपरित कार्यहरु गर्दै मुलुकमा भष्टचार, बेथिती बढाएको हुँदा जनतालाई निकै पिडा खेप्नु परेको बताए । विधीको शासन कायम गर्न नसक्नु, हत्या, हिंसा, बलात्कार जस्ता गलत काम गर्नेहरुलाई कारवाही नगर्नुले पनि यो सरकार मुलुकमा तानासायी ब्यवस्था लाद्न खोजेको सिद्ध हुन्छ मंसुरले भने । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नतिर अग्रसर नभई सरकार टिकाउनका लागि तलिन रहेको र आफनै पार्टी पनि एकजुट हुननसक्ने बतावरण सृजना गर्नुले पनि यो सरकारपुर्ण रुपमा असफल भईसकेको भन्दै नैतिकताको अधारमा बर्तमान प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिानामा दिनुपर्ने धारण ब्यतm गरे ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री उमाकान्त चौधरीले तराई मधेसका जनताको हित नेपाली काँग्रेस पार्टीले मात्र गर्ने बताए । मधेसवादी पार्टीहरुले मधेसीहरुलाई बेची सता र शतिmका लागि मधेसका जनताहरुलाई ठगी रहेको आरोप लगाए । झुटको खेती गरि मधेसी जनतालाई भ्रममा राखेको हुदा अव मधेसी नेताहरुलाई मधेसका जनताले नै ठेगना लगाउने पुर्व मन्त्रि चौधरीको तर्क रहेको छ । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य राधेचन्द्र यादवले प्रेस, अदालत, संवैधानिक निकाय, प्रहरी, प्रशासनहरुलाई नियन्त्रणमा लिएर देशमा एकतन्त्री शासन व्यवस्था लाग्ने सरकार दाउमा लागेको बताए । जनताको रगत र पसिनाबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्नेहरुलाई अव नेपाली जनताले नछोडने भने ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराका कार्यवाहक सभापति सुरेन्द्र प्रसाद कलवारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रिय सदस्य वृजलाल यादव, पुर्व मन्त्रि कलावती पासवान, संविधानसभा सदस्य, लालबाबु सिह, मधु शाही, पार्टीका सचिव मनोज भट, हरेन्द्र यादव, कोषाअध्यक्ष चन्द्रशेखर यादव, क्षेत्रिय सभापतिहरु सुनिल गुप्ता, बिजयशंकर यादव, निगगढ नगरपालिकाका नगरसभापति मधेसी कुवर, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, तरुणदल बाराका अध्यक्ष लुकेश सिह, लगायतकाले सरकारको बिरोधमा आफनो कुरा राखेको नेपाली काँग्रेसका महासमिति सदस्य उपेन्द्र जसवालले जानकारी दिए ।

हजारौको संख्यामा नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निकालिएको बिरोध र्याली नगरको बिभिन्न भागमा प्रर्दशन सहित परिक्रमा गरि भरतचोकमा आएर सभामा परिणत भएको थियो ।

Comment


Related News

Latest News

Trending News