अपडेट 
२०७७ मंसिर ३०, मंगलवार १०:१३

अमेरिकी इलेक्टाेरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन् ।

योसँगै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ । अब बाइडेनको जितले आधिकारिकता पाएको छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल मत पाउनु भएको थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाउनु भएको थियो । अमेरिकी प्रणालीअनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोरल कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् । राष्ट्रपति ट्रम्पले भने चुनावी परिणाम स्वीकार गर्नु भएको छैन ।

उहाँले चुनावमा धाँधली भएको आरोप लगाउँदै आउनु भएको छ । तर अदालतले यो आरोपमा कुनै सत्यता नभएको भन्दै उजुरी खारेज गरिदिएको छ ।  राष्ट्रपतिमा निर्वाचित बाइडेनले अब आउँदो जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिनु हुनेछ ।

Comment


Related News

Latest News

Trending News