अपडेट 
२०७७ मंसिर ३०, मंगलवार ११:३२

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ओली नेतृत्वको सरकारले सत्तामा बसिरहने नैतिक अधिकार गुमाएको बताएका छन् ।

मंगलबार बिहान प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले ओली नेतृत्वको सरकार सम्पूर्ण मोर्चामा असफल भएको बताएका छन। ‘ओली नेतृत्वको सरकार कोरोना व्यवस्थापन, विधिको शासन स्थापना, विदेश नीति तथा आर्थिक संवृद्धिलगायतका सम्पूर्ण मोर्चामा असफल भएको बताउदैँ उनले यस सरकारले सत्तामा बसिरहने नैतिक अधिकार गुमाएको उल्लेख गरे । सरकारले लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गरी मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै उनले संघीयता संस्थागत गर्नुपर्नेमा प्रधानमन्त्री स्वयंले प्रदेश सरकार संघको प्रशासनिक एकाइ भएको अभिव्यक्ति दिने गरेको बताए । उनले कोरोना महामारीको समस्या देखाएर बन्द गरेको नेपाल भारत सिमा यथा सिघ्र खोल्नु पर्ने माँग गरे । तराई मधेषमा बसोबास गर्ने व्यक्तिहरुको जिवन सहज गर्नका लागि पनि तिन वटै सरकारले मिलेर सिमा खोल्नका लागि पहल गर्न आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य स्मृति नारायण चौधरी, प्रदेश सभा सदस्य रामसरोज यादवलगायत केन्द्रिय नेताहरुको उपस्थित रहेको थियो ।

Comment


Related News

Latest News

Trending News