अपडेट 
२०७७ मंसिर ३०, मंगलवार १६:०१

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसको संक्रमण भएकामध्ये एक लाख ४३ हजार ७०९ जनाको मृत्यु भएको छ ।  कोभिड–१९ बाट निकै प्रभावित नयाँदिल्लीमा २४ घण्टाको अवधिमा एक हजार ३७६ जना नयाँ रोगी फेला परेका छन् भने ६० जनाको मृत्यु भएको छ । सोमबारसम्म राजधानी नयाँदिल्लीमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख २२ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।  भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News