अपडेट 
२०७७ पुष १, बुधबार ०७:१७

विश्वभरमा पाँच करोड १७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा पाँच करोड १७ लाख ७९ हजार एक सय ६५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड ३७ लाख ६० हजार एक सय २४ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख ४० हजार ४६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड तीन लाख ४० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ७१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ९९ लाख ८८ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख १० हजार ६ सय ४१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९९ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९४ लाख ५५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४४ हजार एक सय ३० जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ५० हजार एक सय ८०जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार सात सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News