संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार अदालत खुले लगत्तै रिट दायर गर्नुभएको हो ।
अर्यालको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदका सदस्यहरुलाई विपक्षी बनाएको छ । रिट दर्ता भने भइसकेको छैन । रिट दर्ताका लागि सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको बताइएको छ ।