अपडेट 
२०७७ पुष १, बुधबार १४:०२

नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । आज सुनको भाउ तोलामा आठ सय रुपैँयाले उकालो लागेको हो ।

आज छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । हिजो छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६ सय ५० मा कारोबार भइरहेको छ । हिजो भने ९१ हजार ८ सय ५० मा कारोवार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि तोलाको ३० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २ सय ३० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News