अपडेट 
२०७७ पुष २, बिहीबार ०७:३०

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो ।

आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने बीबीसीले जनाएको छ । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीन बीच महिनौँदेखि कुराकानी हुँदै आएको थियो । कोरोना भाइरस सङक्रमणको सुरुवात वुहान शहरबाट भएको मानिन्छ । तर कोरोना भाइरसको सुरुवातलाई लिएर अमेरिका र चीनबीच विवाद भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले महामारी फैलिएकोबारे जानकारी नदिने कोशिश गरेको आरोप लगाउनुभएको थियो । दोषी खोज्नका लागि नभई कोरोना भाइरस सङक्रमणको सुरुवातमा के भएको थियो ? कसरी-कसरी फैलिएको थियो भन्ने पत्ता लगाएर भविष्यमा खतरा कम गर्न कोशिश गर्ने वैज्ञानिकको टोलीले बताएकाे खबर उल्लेख छ । डब्लूएचओको टोली चारदेखि पाँच हप्तासम्म वुहानमा रहनेछ ।

Comment


Related News

Latest News

Trending News