अपडेट 
२०७७ पुष २, बिहीबार ०७:४१

मलगंवा । संघीय सांसद तथा पुर्व उद्योग मन्त्री महेन्द्र यादवले मलंगवा स्थित नेपाल–भारत सीमानाकामा लगाइएको ढाट हटाएका छन् ।

सांसद राय सँगै सर्वपक्षीय संघर्ष समिति सर्लाहीका सदस्यसहितको टोली नारा जुलुस गर्दै बुधबार दिउँसो नेपाल–भारत सिमानाका (दशगजा)मा पुगेर गोरखकाली प्रहरी चौकी नजिकै रहेको जिल्ला भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरीले बन्द गरेर राखेको फलामे ढाट हटाएका हुन् । गत मंसिर २१ गते देखि विभिन्न ५ बुँदे मागहरु सहित रिले धर्नामा बसेका सर्वपक्षिय संघर्ष समितिका सदस्यहरूले मुख्यतः राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने तथा ९ महिनादेखि बन्द रहेको सीमानाका खुल्ला गर्नुपर्ने माग राखेर आन्दोलन थालेका छन् । सर्वपक्षिय संघर्ष समितिले मंसिर २९ गते साँझ मसाल जुलुस निकाली मंगलबार सदरमुकाम मलंगवा ठप्प पारेको थियो भने बुधबार सर्लाही जिल्ला पुरै बन्द गरेर आन्दोलन लाई थप कडा पारेको छ । सरकारले अब पनि हाम्रो मागलाई बेवास्ता गरे आन्दोलनलाई अझ कडा गर्दै जाने समितिका सदस्यहरूले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News