अपडेट 
२०७७ पुष २, बिहीबार ०७:५९

जनकपुरधाम । मिथिलामा हर्षोउल्लासका साथ मनाइने विवाह पञ्चमी धुमधामका साथ मनाइ रहेका बेला जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई तिव्रता दिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह वुधवार एका विहानै झारु लिएर सडमा उत्रेका छन् ।

फोहरमैला सडकमै फ् याक्ने परिपाटी अहिले सम्म नबदलेका कारण दिनहुँ सडक फोहर हुनुको साथै दुर्गन्धित हुने गरेका छन् । सडकको सरसफाई संगै पानीले धोएर सडकमा रहेका बालुवाहरु समेत हटाइएको छ । स्थानीय महावीर युवा कमिटीका पूर्व अध्यक्ष धर्मेन्द्र साह, व्यवसायी प्रमोद चौधरी लगायत जनकपुरधाम उप– महानगरपालिकाका कर्मचारीहरु समेत सो सरसफाई कार्यमा सहभागी भएका थिए । लैण्डफिल्ड साइट निर्धारण हुन नसकेपछि फोहर व्यवस्थापनका समस्या खेपी रहेका जनकपुरधाम उप–महानगरपालिका अस्थायी व्यवस्थापनको व्यवस्था गरिएपनि दिनै पिच्छै समस्या आउने गरेका छन् । एडिवीको ऋण सहयोगमा बनेको जनकपुरधामका चम्कीला सडकहरु फोहरका कारण दुर्गन्धित हुने गरेका छन् । एडिविले फुलगामामा लैण्डफिल्ड साइड व्यवस्थापन गरेको भएपनि केहि ठूला राजनीतिक दलका नेताहरुले आफ्ना निहित स्वार्थमा फसेर त्यहा ल्याण्डफिल्ड साइड निर्धारण गर्न दिएका थिएन् ।

लैण्डफिल्ड साइड त्यहा निर्धारण नभएकै कारण फोहर व्यवस्थापन गर्न कठिनाइ भई रहेको भएपनि उप–महानगरका मेयर साहले बैकल्पिक व्यवस्थाहरु गर्दै आई रहेका छन् । तर, केहि व्यक्ति त्यसलाई आफ्नो राजनीतिक एजेण्डा बनाएरनै विरोधमा उत्रेका छन् ।

Comment


Related News

Latest News

Trending News