अपडेट 
२०७७ पुष २, बिहीबार १३:४२

उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी शुरु गरेको छ ।

मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको हो । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी गराउनुभएको हो । किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा शुक्रवारदेखि किसानको खातामा पठाउन थालिने अध्यक्ष अग्रवालले बताउनुभयो । श्रीराम मिलले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताउनुभयो ।

बक्यौता रकम असुल गरिदिन माग गर्दै काठमाडौं आइपुगेका उखु किसानहरुले हरेक दिन माइतीघर मण्डलामा धर्ना र प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News