२०७७ पुष २, बिहीबार १३:४४

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार पाँच सय ५७ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण तीन सय ५५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार चार सय ५१ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा एक हजार पाँच सय ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । गत सोमबारसम्म यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको थियो ।

मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ८९ हजार ७४० व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख २२ हजार तीन सय ६६ सक्रिय सङ्क्रमित रहेका छन् ।

Comment

Related News

Latest News

Trending News