अपडेट 
२०७७ पुष २, बिहीबार १६:२५

नेपालमा बिहीबार थप ७७६ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।

नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ४४४ जना रहेका छन् भने ९ हजार ५८० जना आइशोलेशनमा छन् ।

Comment


Related News

Latest News

Trending News