अपडेट 
२०७७ पुष ३, शुक्रबार ०७:२३

विश्वभरमा पाँच करोड २७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा पाँच करोड २७ लाख ९८ हजार पाँच सय ७८ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा सात करोड ५२ लाख २२ हजार चार सय १६जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख ६६ हजार नौ सय ७१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड सात लाख ५५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ७५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड दुई लाख ५१हजारभन्दा बढी निको भएका छन् भने तीन लाख १७ हजार चार सय ८६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ९९ लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ लाख १९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४४ हजार आठ सय २९ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ५१ हजार ६ सय ९२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४० हजार तीन सय ६३ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार सात सय ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News