अपडेट 
२०७७ पुष ३, शुक्रबार ०७:३७

जनकपुरधाम । मिथिलाञ्चलमा भव्य रुपमा मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको नेतृत्वमा पाहुर, बाजागाजा सहित राममन्दिरमा पुगेकाहरुलाई राम मन्दिरका महन्थ राम गिरी दास लगायतका साधु सन्तले स्वागत गरेका थिए । राममन्दिर परिसरमा महाबिर युवा कमिटीले आयोजना गरेको तिलकोत्सव समारोहमा सिताको वुवा राजा जनकको भुमिकामा जानकी मन्दिरका महन्थ राम रामतपेश्व दास वैष्णव र रामका पिता दशरथको भुमिकामा राम मन्दिरका महन्थ राम गिरी सहभागि भएका थिए । जानकी मन्दिरबाट ल्याएको पाहुर( मिष्ठानका प्रकारहरु)राममन्दिर परिवारले बुझेपछि तिलकोत्सव आरम्भ भएको थियो । कोभिड–१९ का कारण नेपाल भारत सिमा बन्द हुँदा भारतको अयोध्याबाट साधुसन्त विवाह महोत्सवमा सहभागि हुन नपाउँदा विगत भन्दा खल्लो भएपनि अयोध्याको भुमिकामा जनकपुरकै रामपट्टी(राम मन्दिर)ले निर्वाह गरेका छन् ।

रामको तर्फबाट जनकपुरधाम उप महानगरपालिकाकी उप मेयर रिता मिश्रले तिलकोत्सवमा फलफुलको परिकार र मिठाइ पनि कम ल्याएको भन्दै ठ्टयौली गरे । जानकीपट्टीजानकी मन्दिर) बाट आएका साधु सन्तलाई रामपट्टी(राम मन्दिर)का महिलाहरु स्वागत गित मार्फत हसिठट्टा(गालि) गरेका थिए । दुल्हा रामका पक्षबाट राम गिरी दास र दुल्ही सीताका पक्षबाट रामतपेश्वर दासले अंगालो मिलेर तिलोक्तसव सम्पन्न भएको छ । मैथिल परम्परा अनुसार हुने विवाहको सवै विधि राम सीता विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको छ । विवाह महोत्सव अन्र्तगत पहिलो दिन नगरदर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम र बिहिबार चौथो दिन तिलकोत्सव कार्याक्रम मनाइएको छ ।

पांचौ दिन शुक्रबार मटकोर, छठौ दिन शनिबार स्वयम्वर तथा शुभ–विवाह (विवाहपँचमी) र सातौ दिन आइतबार राम कलेवाको आयोजना गरिने छ ।

Comment


Related News

Latest News

Trending News