अपडेट 
२०७७ पुष ३, शुक्रबार ०७:५३

जनकपुरधाम । ओली सरकारको असंवैधानिक र गैरजिम्मेवारी कदमको विरोधमा युवाहरुले बिहीबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियन धनुषाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो । भानुचोकबाट शुरु भएको विरोध ्रदर्शन शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ओली सरकारको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्डसहित युवाहरुले प्रदर्शन गरेका हुन् । उखु किसानको माग पुरा गर्नुपर्ने, किसानलाई रुवाउने उद्योगीलाई कारबाही गर्नुपर्ने र गैरलोकतान्त्रिक अध्यादेश फिर्ता गर्नुपर्ने समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापरले बताए । समाजवादी युवा संघ प्रदेश २ का उपाध्यक्ष पुजन मौवार सिंहको अध्यक्षतामा भएको कोणसभामा युवाहरुले तत्काल माग पुरा नभए कडा संघर्षमा उत्रिने चेतावनी दिएका थिए । किसानको कमाईमा उद्योगीले रजाई गरेपनि सरकार मौन रहेको भन्दै तत्काल यस्ता उद्योगीहरुलाई कानूनी दायरामा ल्याएर कारबाही अगाडी बढाउनुपर्ने धारणा उनीहरुको थियो ।

उखु किसानले भुक्तानी नपाएर ऋणमा डुबेको छ, उनीहरुले भने–भुक्तानी दिन बाध्य गर्ने सरकार कानमा तेल हालेर सुतिरहेछ ।’ कोणसभामा समाजवादी युवा संघका प्रदेश उपाध्यक्ष उमेश निराला, समाजवादी विद्यार्थी युनियन प्रदेश २ का उपाध्यक्ष विकास यादव, विद्यार्थीका जिल्ला अध्यक्ष सुनिल कुमार मण्डल लगायतले आ आफनो मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News