अपडेट 
२०७७ पुष ३, शुक्रबार ०७:५५

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले नेपाल– भारत सीमानाका बन्द गर्ने संघीय सरकारको कार्यप्रति तराई मधेशमा आक्रोश बढ्दै गएकोले जुनसुकै बेला आन्दोलन उग्र हुन सक्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि बन्द रहेको सीनानाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाजको अगुवाईमा जिल्ला भन्सार कार्यालय अगाडी जारी रहेको धर्ना कार्यक्रमको पाँचौ दिन सहभागी भएका मेयर गुप्ताले संचारकर्मीहरु सित कुरा गर्दै छठ पवमा सीमानाका नखोलेको संघीय सरकार विरुद्ध तराई मधेशमा पुनः आम नेपाली नागरिकले ठूलो बिद्रोह गर्ने चेतावनी दिए । नेपाली जनताको दुःख दर्द र सीमानाका बन्द भएको कारन उत्पन्न भएको समस्याको प्रति गंभीर हुनु पर्नेमा नेपाल सरकारले चासो नलिएको आरोप लगाए । सरकार जनताप्रति उत्तरदायी हुनु पर्नेमा नेकपा नेतृत्वको वर्तमान सरकार मधेशी जनतालाई कोरोनाको बहाना बनाएर दुःख दिने कार्य गरेकोले सरकार विरुद्ध जनतामा वितृष्णा बढ्दै गएकोले कुनै बेला आक्रोश आन्दोलनमा परिाण्त हुन सक्ने दावी गरे । कोरोनाको महामारीको कारन समस्यामा परेका जनतालाई नेपाल–भारतको सीमा बन्द गरेर सरकारले थप पीड़ा दिने कोशिश गरेको जिकिर गरे ।

संचारकर्मीको प्रश्नको जवाफ दिदै मेयर गुप्ताले नेपाल–भारत विच रहेको बेटी रोटीको सम्बन्ध तोड़ने नियतले सीमामा तारवार लगाउने सरकारको उदेश्य कुनै पनि हालतमा पूरा हुन नदिने ठोकूवा गरे । नेपालमा उपलब्ध नभएको दैनिक उपभोग्यका सामान खरिद गर्न सीमावर्ती बजारमा किनमेल गर्न जानू नेपाली नागरिकको बाध्यता रहेको बताउँदै आवत जावतमा प्रतिवंध लगाउने गरी गरिएको सीमानाका बन्द सरकारको मधेश विरोधी सोच मात्र रहेको ठहर उनको छ । धार्मिक, संस्कृति, पारिवारिक ,सामाजिक सम्बन्ध नेपाल–भारत विच रहेकोले मधेशमा बसोवास गर्ने मधेशी ,आदिवासी ,जनजाति ,दलित ,मुस्लिम ,पिछडिएका वर्ग समुदायले सरकारको विभेद पूर्ण रबैयाको सहन नगर्ने उल्लेख गर्दै मधेशी जनताको भावनाको कदर गर्दै सीमा नाका खुला गर्न समेत नेपाल सरकारलाइ मेयर गुप्ताले सुझाव दिए ।

२०७६ साल चैत ११ गतेदेखि बन्द रहेको सीमानाकाका कारन समस्यामा परेका जनताले समस्या समाधान गर्न सरकार सित मांग गर्दै नाकामा धरना प्रदर्शनको कार्य जारी राखेका छन् ।

Comment


Related News

Latest News

Trending News