अपडेट 
२०७७ पुष ३, शुक्रबार ०९:३७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसियाली क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ ।

संगठनले एसियामा तत्काल खोप पाउने सम्भावना कम रहेको र ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो । खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले ढिला हुने संगठनको भनाइ छ ।  त्यसैगरी खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ-ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।  

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेका बताउनुभयो ।  एसिया क्षेत्रका देशले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको उहाँले बताउनु भएको छ ।

Comment


Related News

Latest News

Trending News