अपडेट 
२०७७ पुष ३, शुक्रबार १६:०५

नेपालमा शुक्रबार थप ७८२ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म १७ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै थप एक हजार २९ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४१ हजार ३९२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ९ हजार ३१७ जना आइशोलेशनमा रहदा ४२७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News