अपडेट 
२०७७ पुष ४, शनिबार ०७:३८

दुई वर्ष अघि हल्ला चल्यो – ‘ विवाह पञ्चमीको दिनदेखि जनकपुर–जयनगर रेल संचालन हुन्छ । ’ तर चलेन । गत वर्ष पनि निकै हल्ला चल्यो ‘ यस वर्षको विवाह पञ्चमीदेखि पक्कै पनि रेल चल्छ ।’ सुमा हल्ला चल्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली हरियो झण्डा हल्लाएर संयुक्त रुपमा रेल सेवाको उद्घाटन गर्ने छन् । जनकपुर–अयोध्या वस सेवाको उद्घाटन गरे जस्तै । तर यस वर्षको विवाह पञ्चमीमा पनि रेल संचालन भएन । रेल संचालन नहुनुको कारण र कारकबारे यहा“ वहस सुनिदैन बरु दुई महिना पूर्व एउटा वहस भने उत्कर्षमा थियो – ‘ जयनगर–जनकपुर–बर्दीवास रेल स्तरोन्नति र विस्तार अमुक नेताको पहल भनौ वा कृपाबाट भयो ’ भनेर ….। सत्ताधारी पार्टीका छुटपुटिया नेताहरुले लेखे –‘ सम्बृद्धिको बाटोमा ओली सरकार ।’

प्रमुख प्रतिपक्षका नेता कार्यकर्ताहरुले लेखे – नेपाली कांग्रेसले ल्याएको योजना सफल हुदैछ । वधाई नकां ।’ हुदा हंदा नेकपा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाले त ब्रोडगेज रेलको परिकल्पना र प्रस्ताव सबभन्दा पहिले आफूले संसदमा राखेको दावी नै गरे । तर रेल अमुक पार्टी र नेताको पहलमा आयो भनेर झ्याली पिट्ने पक्ष– प्रतिपक्षका नेता कार्यकर्तामध्ये कसैले पनि सन् २०१६मै संचालन भै सक्नु पर्ने सन् २०२० सम्म कस्को कारणले संचालन हुन सकेन ? यस सवालको जवाफ दिएनन् । ट्रेक,स्टेशन,पूल पुलैसालगायतका भौतिक संरचनामात्र होइनकि ईन्जन र कार समेत तम्तयार अवस्थामा छ तर रेल संचालन भएको छैन । पुस १ गतेदेखि काठमाण्डौ–लिल्ली हवाई सेवा संचालन भएको छ । जनकपुरवासीको सरल जिज्ञासा छ – रेल किन संचालन भै रहेको छैन ?

आफ्ना दलका तथा आफूले रेल ल्यायौं भनेर झ्याली पिट्नेहरु यसको जवाफ दिनेकि नदिने ? सम्बृद्धिको सपना बाड्ने छुटपुटिया नेताजीहरु यस सवालको जवाफ दिने कि नदिने ? जनकपुर अचेल रामजानकी विवाह महोत्सव मनाउन व्यस्त छ । जानकी मन्दिरलाई नवबेहुली झै सृंगार पटार गरिएको छ तर सातदिवसीय विवाह महोत्सवमा पहिलाको तुलनामा खल्लो छ । विवाह महोत्सवमा अयोध्याबाट जन्ती आउने सयौं वर्ष पुरानो परम्परा तोडिएको छ । कोरोनाको कारण आठ महिनादेखि बन्द नेपाल– भारत सीमा औपचारिक रुपमा अझै पनि खुलेको छैन । सीमानाका बन्द रहेको हवाला दिदै अयोध्याबाट जन्ती आउन नसक्ने उर्दी स्थानीय प्रशासनले जारी गरेको छ । प्रशासनको उर्दीलाई महोत्सव आयोजक जानकी मन्दिर व्यवस्थापन, जनकपुरधाम उपमहानगर पालिका तथा स्थानीय युवा क्लवहरुका कर्ताधर्ताहरुले स्वीकार गरी सकेका छन् । कोरोनाकालमा भिड भाड गर्न दिनु हुन्न ।

भिडभाडमा जानु हुन्न भनेर मेयर लालकिशोर साह सुरक्षा समितिको बैठकमा भन्नु भएको थिए रे । कुरा सांचो पनि हो । कोरोनाबाट जोगिन भौतिक दूरी कायम राख्नु पर्दछ । साबुन पानीले मिचिमिचि पटक पटक हात धुनु पर्दछ अनि मास्क लगाउनु पर्दछ । तर विहीवार महावीर युवा कमिटि र श्रीराम युवा कमिटिको आयोजनमा राममन्दिरमा सम्पन्न तिलकोत्सव समारोहमा मंचमै उपस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास,राममन्दिरका महन्त राम गिरी,मेयर लालकिशोर साह, उपमेयर रीता कुमारी झा,प्रदेश सभा सदस्य प्रमेश्वर साहलगायतमध्ये अनेकौंले मास्क लगाएका थिएनन् । साबुन पानीले मिचिमिचि हात धोएको पनि देखिएन । फेरी कोरोनाकालमा भिड भाड गर्नु हुन्न भनेर उर्दी जारी गर्ने जिल्लास्थित सुरक्षा प्रमुखहरु कार्यक्रममा आफै उपस्थित नभए पनि सुरक्षाकर्मीहरु त परिचालन गरेकै देखियो । सुरक्षाबीच तिलकोत्सव मनाउन हुने , मटकोर गर्न हुने अनि एउटै गाडीमा पा“च सात जना साधु सन्तलाई अयोध्याबाट आउने अनुमति नदिने ?

महामारीबाट आफ् नो नागरिकको जिउ ज्यानको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हुन्छ । अर्को तर्फ धर्म,संस्कृति तथा परम्पराको संरक्षण,सम्बर्धन तथा प्रवर्धन गर्ने दायित्व पनि राज्यकै हुन्छ । कोरोना महामारीबाट जोगिन आठ महिनादेखि सीमानाका बन्द छ । सरकारको यस निर्णयलाई अन्यथा भन्न सकिने अवस्था छैन । तर सीमानाका बन्द गर्ने अनि दैनिक लाखौं मूल्य बरावरको तस्करीका सामान नेपाल भित्रिन दिने ? नेपालबाट लाखौं मूल्यका रक्सी भारत भित्रिन दिने ? तस्करीको सामानबाट कोरोना सर्दैन अनि सयौं वर्षदेखि चल्दै आएको परम्परा निर्वाह गर्न जन्ती आउने साधु सन्तबाट कोरोना सर्छ ? अचेल हाम्रा स्कूल कलेज खुली सकेका छन् । विद्यार्थीहरु भौतिक रुपमै उपस्थित भएर पठन पाठन गर्छन ।

स्कूल कलेजका परीक्षाहरु पनि संचालन भई सकेको छ । गत साता शिक्षाको लागी राष्ट्रिय अभियान , नेपाल ( एनसीई नेपाल ) समन्वय समिति धनुषाले आयोजन गरेको कोरोनाकालमा बालबालिकाहरुको पढन पाउने अधिकार विषयक अन्तक्रृयामा एक छात्राले हाका हाकी सोधेकी थिएन– हामी एउटै बेंचमा पा“चजनासम्म कोचिएर बस्नु पर्ने अवस्था छ । यसले कोरोना सार्दैन त ? बालिकाको यस सवालको जवाफ सम्बन्धित पालिकाका मेयर साहेवले दिने कि नदिने ? कारण कार्यक्रममा उपस्थित प्रधानाध्यापकले भनेका थिए– हाम्रो विद्यालयमा विद्यार्थी संख्या अत्यधिक छ । भौतिक साधनको आभाव छ । अनि हामी के गर्ने ? यी र यस्ता सवालका जवाफहरु तीनै तहका सरकारले दिनै पर्ने भएको छ । कर्मचारीलाई थर्काउन सक्ने अधिकार पाएका पालिकाका जनप्रतिनिधिहरुले मातहातका विद्यालयहरुको भौतिक संशासनको हिसाव किताव पनि राखिदिदा बेस हुन्थ्यिो ।

Comment


Related News

Latest News

Trending News