अपडेट 
२०७७ पुष ४, शनिबार ०७:४९

मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बीप्रति शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को सचिवालयद्वारा जारी गरिएको सन्देशमा त्रेतायुगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर आएका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ । मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाई पर्व मनाउन आग्रहसमेत गरेका छन् । रामजानकी विवाहपञ्चमी धार्मिक एवं सांस्कृतिक विधिपूर्वक शनिबार जनकपुरधाममा उल्लासमय वातावरणमा मनाइने भएको छ ।

Comment


Related News

Latest News

Trending News