अपडेट 
२०७७ पुष ४, शनिबार १८:३२

विवाह पञ्चमीको उपलक्ष्यमा जनकपुरधामको एतिहासिक माहाराज सागर पोखरीमा स्थानीयवासी तथा क्लबहरुले दिप प्रज्वलन गरेका छन ।

भगवान श्रीराम र माता जानकी सीताको शुभ विवाह उपलक्ष्यमा खुसीयाली स्वरुप स्थानीयवासी तथा क्लबहरुले संयुक्त रुपमा ५ हजार २० वटा दिप प्रज्वलन गरेका छन । शनिवार साँझ पोखरीको डिलभरि र मध्यमा दिप प्रज्वलन गरि खुसीयाली मनाएका छन । कोरोना महामारीलाई मध्येनजर गर्दै जनकपुरधाममा यसपाली अन्यवर्ष झै तामझाम र भिडभाड नगरी सुरक्षा र सतर्कताका साथ विवाह पञ्चामी मनाईदै छ । यसपाली भारतबाट जन्ती आएका छैन्न ।

Comment


Related News

Latest News

Trending News