अपडेट 
२०७७ पुष ५, आईतवार ०७:१९

कोरोना विरुद्ध खोप ल्याउने टुङ्गो नभए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ ।

सरकारले पहिलो चरणमा आफू संक्रमित भई अरुलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा कार्यरतलाई खोप दिने तयारी गरेको हो । खोपका लागि स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने नौं लाख जनालाई प्राथमिकता दिइने भएको छ ।

विभागले नेपाल मेडिकल काउन्सिल , नर्सिङ काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद काउन्सिल र फार्मेसी काउन्सिललाई पत्राचार गरेर त्यहाँ दर्ता भएका चिकित्सकलगायतका स्वास्थ्यकर्मीको विवरण मागेको छ ।

Comment


Related News

Latest News

Trending News