२०७७ पुष ५, आईतवार १४:२१

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख २३ मा मध्यवधि निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष राख्नुभएको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर शितलनिवास पुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मध्यावधि निर्वाचनको मिति प्रस्ताव गर्नुभएको हो । प्रधानमन्त्रीले वैशाख २९ गतेको विकल्पमा समेत राष्ट्रपतिसँग छलफल गर्नुभएको बताइएको छ । तर प्रधानमन्त्री ओलीको प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन भने गरिसक्नुभएको छ ।

प्रधानमन्त्रीको कदम संविधानको मर्मविपरित रहेको भन्दै प्रस्ताव अस्वीकार गर्न राष्ट्रपति भण्डारीलाई चौतर्फी दबाब परेको छ ।

Comment


Related News

Latest News

Trending News