अपडेट 
२०७७ पुष ५, आईतवार १६:४१

नेपालमा आइतबार थप ५८८ जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १७८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप १ हजार ९७ जना कोरोनामुक्त हुदा कोरोनालाई जित्नेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।

नेपालमा हालस ८ हजार ३२० जना आइशोलेशनमा छन् भने ४२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १८ लाख ७० हजार ८३० वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News